अर्थ

काठमाडौं महानगरद्वारा यम बुद्धको नाममा पार्क बनाउन डेढ करोड विनियोजन

काठमाडौं महानगरपालिकाले स्व.यम बुद्धको नाममा पार्क बनाउन चालू आर्थिक वर्ष ०७९र८० का लागि एक करोड ५० लाख रुपैयाँ बजेट छुट्याएको छ।

महानगरले काठमाडौं–१६ खुसिबुस्थित नयाँबजारमा रहेको सार्वजनिक जग्गामा ‘यम बुद्ध’को नाममा पार्क बनाउने गरी बजेट छुट्याएको हो।

महानगरले यसअघि स्व.र्‍यापर यम बुद्धको सालिक बनाउन चालू आवको बजेटमा १५ लाख बजेट विनियोजन गरेको थियो । तर, सालिक बनाउने निर्णयको विरोध भएपछि विष्णुमतीको किनारामा खाली रहेको जग्गामा यम बुद्धको नाममा पार्क बनाउने निर्णय गरेको हो।

यसअघि सालिक बनाउने निर्णयको विरोध भएपछि काठमाडौं महानगरका मेयर बालेन साहले ‘आफ्नो तलबबाट सालिक बनाउने घोषणा’ गरेका थिए। यम बुद्धको पार्कमा  सालिक भने नरहने पार्कको नाम  यम बुद्ध दिइने बताइएको छ।

प्रकाशित: १२ श्रावण २०७९ १३:२८ बिहीबार