अर्थ

नेप्से परिसूचक तीव्र उतारचढावका बीच १५ अंकले बढेर कारोबार बन्द

बिहीबार नेप्से परिसूचक तीव्र उतारचढावका बीच अन्तिम समयमा १५ अंकले बढेर कारोबार बन्द भएको छ।

बिहीबार नेप्से सूचक १५.४४ अंकले बढेर २१२७.४२ बिन्दुमा पुगेको हो। त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.७ अंकले बढेको छ भने फ्लोटइण्डेक्स १.११ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १ अंकले बढेको छ।

बिहीबार कारोबारमा आएका २२१ कम्पनीको १ करोड १९ लाख ५५ हजार ७६ कित्ता शेयर ४ अर्ब ९७ करोड ६४ लाख ३३ हजार १०५ रुपैयाँ बराबरको कारोबार भएको छ। बिहीबार शेयर बजारमा उतारचढावमा कारोबार हुँदा कारोबार रकम बढेको छ। बुधबारको भन्दा आज कारोबार रकम बढेको छ।

बुधबार ३ अर्ब १६ करोड १४ लाख ५५ हजार १४१ रुपैयाँ बराबरको कारोबार भएको थियो। नेप्सेमा कारोबारमा आएका १३ उपसमूहमा १० उपसमूहको सूचक सकारात्मक देखिएको छ भने ३ उपसमूहको सूचक नकारात्मक भएको छ।

विकास बैंक, फाइनान्स लगायतका उपसमूहको सूचक धेरै बढेका छन्। भने अन्य उपसमूह र निर्जिवन बीमा उपसमूहको सूचकमा गिरावट आएको छ। बिहीबार कारोबारमा आएका बुद्धभूमी हाइड्रोपावरको शेयरमूल्य सकारत्मक सर्किट लेभलमा कारोबार भएको छ।

राष्ट्रउत्थान लघुवित्तको ९.९९ प्रतिशत, एक्सेल डेभलपमेन्ट बैंकको ९.८९ प्रतिशत र हिमालयन पावर पार्टनरको ९.७८ प्रतिशतले बढेको छ। तर यता राधी विद्युतको शेयर मूल्य सबैभन्दा धेरै ३.९१ प्रतिशत र बलेफी हाइड्रोपावरको ३.८५ प्रतिशतले घटेको छ।

बिहीबार अरुण काबेली हाइड्रोपावरको सबैभन्दा धेरै १७ करोड ९६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। शिवम सिमेन्टको १५ करोड ८६ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

प्रकाशित: १२ श्रावण २०७९ १०:४४ बिहीबार

नेप्से परिसूचक