अर्थ

स्थानीय तह निर्वाचनमा ५ अर्ब ४ करोड बढी खर्च

निर्वाचन आयोग, नेपालले गत स्थानीय तहको निर्वाचनमा ५ अर्ब ४ करोड ३ लाख ९२ हजार ८६७ रुपैयाँ खर्च भएको जनाएको छ।

मंगलबार आयोगमा निर्वाचन परिणाम तथा खर्च सार्वजनिकरणका लागि पत्रकार सम्मेलन गर्दै आयोगले गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको खर्चबारे जानकारी गराएको हो। आयोगले खर्च नभएको ३ अर्ब ६ करोड ९६ हजार करोड १२४ रुपैयाँ खर्चका लागि सरकारले उपलब्ध गराएको रकमबाट बचेको बताएको हो। 

सरकारले स्थानीय तहको निर्वाचनका लागि ८ अर्ब ११ करोड रुपैयाँ खर्च छट्याएको थियो।निर्वाचन परिणाम तथा खर्च सार्वजनिक गर्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले यो निर्वाचनमा प्रति मतदाता खर्च ४९३ रहेको बताए।

प्रकाशित: १० श्रावण २०७९ १२:२३ मंगलबार