अर्थ

तोलामा ३ सय रुपैयाँले घट्यो सुनको मूल्य

फाइल तस्बिर

नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा ३ सय रुपैयाँले सुनको मूल्य घटेको हो।

मूल्य घटेसँगै आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ५०० रुपैयाँ थियो।  

यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ७०० रुपैयाँ छ। सोमबार तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ थियो।

आज चाँदीको मूल्य पनि घटेको छ। महासंघले आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेको जानकारी दिएको छ। योसँगै आज चाँदी ११ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित: १० श्रावण २०७९ ०५:४७ मंगलबार

नेपाल सुनचाँदी व्यवसायी महासंघ