अर्थ

ज्योती बैंकको १४ औं वार्षिकोत्सव सम्पन्न

ज्योती विकास बैंकले स्थापनाको १४ औं वार्षिकोत्सव मनाएको छ। बैंकले सञ्चालक समितिका सदस्य, भूतपूर्व सञ्चालकहरू, कर्मचारी र ग्राहकहरूको उपस्थितिमा वार्षिकोत्सव मनाएको हो।  

वार्षिकोत्सवको अवसरमा बैंकले भिडियो बैंकिङ सार्वजनिक गरेको छ। बैंकले निकट भविष्यमा देश विदेशमा रहेका नेपालीहरूले पनि अनलाइनबाट खाता खोली सञ्चालन गर्ने जनाएको छ। वार्षिकोत्सवका अवसरमा बैंकले रक्तदान कार्यक्रम आयोजना गरेको छ।  

वार्षिकोत्सव कार्यक्रममा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत हाम्रो विकास प्रवद्र्धन कोष मार्फत राधा फाउण्डेसनसँग मर्यादित महिनावारी सचेतनामा आधारित परियोजनाहरूमा सहकार्यका लागि सम्झौता गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट तथा राधा पौडेल फाउण्डेसनकी संस्थापक राधा पौडेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।  

यसै अवसरमा बैंकले काठमाडौं महानगरपालिका वडा १५, डल्लुस्थित बैंकको ११९ औं शाखाका औपचारिक उद्घाटन गरेको छ।

प्रकाशित: १० श्रावण २०७९ ०२:४१ मंगलबार

ज्योती विकास बैंक