अर्थ

अन्नपूर्ण केवलकारको मनसुन अफरमा २० प्रतिशत छुट

यहाँस्थित अन्नपूर्ण केवलकारले आन्तरिक यात्रुलाई २० प्रतिशत छुट दिने भएको छ। साउन र भदौ महिनाभरका लागि आन्तरिक यात्रुलाई छुट दिन थालेको कम्पनिले बताएको छ।  

अन्नपूर्ण केवलकारका महाप्रबन्धक दिनेश पौड्यालले आन्तरिक यात्रुलाई मात्र छुट दिने बताए। यो छुटले थप आन्तरिक यात्रु आकर्षित हुने उनले बताए। ‘मनसुन अफर अन्तर्गत आन्तरिक यात्रुलाई २० प्रतिशत छुट दिन थालेका हौ,’ उनले भने। केवलकार चढ्ने आन्तरिक यात्रुले प्रतिव्यक्ति सातसय रुपैयाँ तिर्नुपर्ने भएपनि यो अफरमा २० प्रतिशत छुट हुने उनले बताए।  

पोखरामा अन्नपूर्ण केवलकार कम्पनिले सेदी–सराङकोट २.५ किलोमिटर लामो केवलकार निर्माण गरेर संचालन थालेको छ। फेवाताल नजिकैको सेदीबाट सराङकोटसम्म यो केवलकार संचालनमा छ।

प्रकाशित: ९ श्रावण २०७९ ०८:५९ सोमबार

अन्नपूर्ण केवलकार मनसुन अफर