अर्थ

उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुति पुरस्कार मुक्तिनाथलाई

मुक्तिनाथ विकास बैंकले आव २०७७/०७८ को लागि उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुति पुरस्कार प्राप्त गरेको छ। वित्तीय क्षेत्रतर्फको उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुति पुरस्कार नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले हरेक वर्ष प्रदान गर्दै आएको छ।

नेपाल वित्तीय प्रतिवेदनमा प्रणाली मार्फत वित्तीय विवरण प्रकाशन गर्ने उत्कृष्ट संस्थाहरूलाई प्रदान गर्दै आएको विभिन्न विधाहरूमध्ये वित्तीय क्षेत्रतर्फ बैंकले आव २०७५/०७६, २०७६/०७७ र २०७७/०७८ गरी लगातार तीन पटक पुरस्कृत भएको छ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था आइक्यानले बेष्ट प्रेजेन्टेड उत्कृष्ट प्रस्तुति वार्षिक प्रतिवेदन पुरस्कार विभिन्न ५ विधामा दिएको थियो। जसमा बैंकिङ क्षेत्र (वाणिज्य बैंक समूह), वित्तीय क्षेत्र (विकास बैंक र वित्त कम्पनी समूह), बीमा क्षेत्र, सार्वजनिक निकाय र सामान्य क्षेत्र रहेका छन्। 

प्रकाशित: ९ श्रावण २०७९ ०४:४८ सोमबार

मुक्तिनाथ विकास बैंक उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुति पुरस्कार