अर्थ

सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढ्यो

फाइल तस्बिर

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको हो।  

मूल्य बढेसँगै आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ५०० रुपैयाँ पुगेको छ। यस्तै, तेजाबी सुनको मूल्य ९४ हजार रुपैयाँ छ। गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य ९३ हजार ५०० रुपैयाँ थियो।

यसैगरीआज चाँदीको मूल्य भने घटेको छ। आज चाँदीको मूल्य १० रुपैयाँले घटेको हो। महासंघका अनुसार शुक्रबार ११ सय ६५ रुपैयाँ रहेको चाँदीको मूल्य आज ११ सय ५५ रुपैयाँ कायम भएको छ।

प्रकाशित: ८ श्रावण २०७९ ०५:५४ आइतबार

नेपाल सुनचाँदी व्यवसायी महासंघ