अर्थ

ग्लोबल बैंकको नाफा २५%ले वृद्धि

ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ मा ५ अर्ब २० करोड रूपैयाँ नाफा आर्जन गरेको छ। बैंकले अघिल्लो आवको तुलनामा २५ प्रतिशतले नाफा वृद्धि गरेको हो।

आव २०७७/७८ मा बैंकले ४ अर्ब १६ करोड रूपैयाँ नाफा आर्जन गरेको थियो। बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै नाफा बढ्न पुगेको हो। समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १७.५२ प्रतिशतले बढेको छ भने तथा कमिसन आम्दानी ९.२७ प्रतिशतले बढेको बैंकले जनाएको छ।

बैंकको कूल सञ्चालन आम्दानी १५.०४ प्रतिशत र सञ्चालन मुनाफा २६.९० प्रतिशतले बढेको छ भने गत वर्षको असार मसान्तसम्म बैंकको वितरण योग्य मुनाफा ३ अर्ब १९ करोड ९५ लाख रूपैयाँ रहेको जनाएको छ।

बैंकले आफ्नो खराब खर्जामा पनि सुधार ल्याएको बताउँदै अघिल्लो आव १.४१ प्रतिशतमा रहेको खराब कर्जा घटेर १.२२ प्रतिशतमा झरेको जनाएको छ।  

प्रकाशित: ८ श्रावण २०७९ ०२:३८ आइतबार

ग्लोबल आइएमई बैंक लिमिटेड नाफा २५%ले वृद्धि