अर्थ

आज सुनको मूल्य ९४ हजार

आज सुनको मूल्य प्रतितोला एक हजारले बढेर ९४ हजार रूपैयाँ तोकिएको छ। बिहीबार सुन प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएका थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५ सय रुपैयाँ छ। उक्त सुनको मूल्य बिहीबार प्रतितोला ९२ हजार ५ सय रुपैयाँ थियो।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला १० रुपैयाँले बढेर एक हजार १६५ रुपैयाँ तोकिएको छ। महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ।

प्रकाशित: ६ श्रावण २०७९ ०५:५१ शुक्रबार

। नेपाल सुनचाँदी व्यवसायी महासंघ