अर्थ

नेप्से परिसूचक ४.८९ अंकले वृद्धि

पछिल्लो एक सातादेखि निरन्तर रुपमा वृद्धि भएको नेप्से परिसूचक आज (बुधबार) पनि सामान्य अंकले वृद्धि भएको छ। बुधबार नेप्से परिसूचक ४.८९ अंक बढेर २०५०.५९ बिन्दुमा पुगेको हो।

त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.९७ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.०६ अंक र सेन्सेटिभ इण्डेक्स ०.०१ अंकले बढेको छ। बुधबार कारोबारमा आएमा २१५ कम्पनीको ४१ लाख ३३ हजार कित्ता शेयर १ अर्ब ७३ करोड १८ लाख ३२ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ।

बुधबार नेप्से परिसूचक झिनो अंकले बढेपनि कारोबार रकम भने गिरावट भएको छ। मंगलबार २ अर्ब २९ करोडको शेयर कारोबार भएको थियो। बुधबार नेप्सेका १३ उपसमूहमध्ये ८ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ५ उपसमूहको परिसूचक घटेको छ।

जसमा विकास बैंक, वित्त, लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त, म्युचुअल फण्ड, निर्जीवन बीमा कम्पनी र अन्य उपसमूहको परिसूचक बढेको छ भने बाँकी अन्य उपसमूहको परिसूचक घटेका छन्। नेप्से झिनो अंकले बढ्दा मल्टीपर्पस फाइनान्सको शेयरमूल्य ५.६९ प्रतिशत बढेको छ।

कर्णाली डेभलपमेण्ट बैंकको शेयरमूल्य ४.३५ प्रतिशत बढेको छ। तर यता, लक्ष्मी इक्विटी फण्डको इकाई मूल्य ६.३३ प्रतिशत घटेको छ भने इमर्जिङ्ग नेपालको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी घटेको छ। बुधबार शिवम सिमेन्ट्स कम्पनीको १६ करोड ४२ लाख ५९ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

प्रकाशित: ४ श्रावण २०७९ १०:१७ बुधबार

नेप्से परिसूचक