अर्थ

विदेश घुम्न जाने नेपालीलाई दुई सय डलरमात्र सटही सुविधा

नेपाल राष्ट्र बैंकले डलर सटहीमा कडाइ गरेको छ। बैंकले कडाइ गरेसँगै अब विदेश घुम्न जाने नेपाली नागरिकले २०० डलरमात्र सटही सुविधा पाउने भएका हुन्।

विदेशी मुद्राको सञ्चितीमा चाप परेपछि केन्द्रीय बैंकले सटही सुविधा खुम्च्याएको हो । यसअघि एक राहदानीवापत १५ सय डलरसम्म सटही सुविधा थियो।

राष्ट्र बैंकले बुधबार एक सर्कुलर जारी गर्दै मनिचेन्जरले विदेश भ्रमणमा जाने नेपालीलाई एक राहदानीवापत अधिकतम २०० अमेरिकी डलरसम्म सटही सुविधा दिनसक्ने जनाएको छ।

प्रकाशित: ४ श्रावण २०७९ ०९:३९ बुधबार