अर्थ

छानविन समितिले तत्कालीन अर्थमन्त्री शर्मासँग बयान लिने

आज बस्ने संसदीय छानविन समितिको बैठकले बजेट निर्माणमा अनधिकृत र बाहिरका व्यक्तिलाई प्रवेश गराएको आरोप खेपिरहेका तत्कालीन अर्थमन्त्री जनार्दन शर्मालाई बयानका लागि बोलाउने भएको छ।

अनाधिकृत र बाहिरका व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री शर्मामाथि छानविन गर्न ११ सदस्सीय संसदीय छानविन समिति गठन गरिएको थियो।

तत्कालीन अर्थमन्त्री शर्माले आर्थिक वर्ष २०७९/०८० को बजेट बनाउने क्रममा जेठ १४ गते अनाधिकृत व्यक्तिलाई मध्येरातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेको छ।

यही मुद्दालाई उठाएर प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले नियमित संसद बैठक अवरुद्ध गरेपछि तत्कालीन अर्थमन्त्री शर्मा र उनको पार्टी राजीनामा दिन बाध्य भएको थियो।

प्रकाशित: ४ श्रावण २०७९ ०६:३४ बुधबार

तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा संसदीय छानविन समिति