अर्थ

टाटा विङ्गर बिएस ६ सार्वजनिक

टाटा मोटर्सको नेपालस्थित आधिकारिक वितरक सिप्रदी ट्रेडिङले नयाँ टाटा विङ्गर बिएस ६ नेपाली बजारमा सार्वजनिक गरेको छ। ‘प्रिमियम टफ’ ढाँचामा तयार परिएको उक्त गाडी कार्गो कम्पनी, विद्यालय र ट्राभल एजेन्सी लगायतका संस्थाहरूलाई उपयुक्त हुने कम्पनीले जनाएको छ।

आफ्ना ग्राहकहरूतर्फ लक्षित गरी आकर्षक र आरामदायी गाडी मार्फत व्यापार/व्यवसाय गर्ने उद्देश्यका साथ गाडी बजारमा ल्याएको कम्पनीले जनाएको छ। २.२ लिटरको डाइकोर इञ्जिन जडित गाडीको टर्क अत्यन्त प्रभावकारी भएको तथा इको स्विच एवं गियर सिफ्ट एड्भाइजर जस्ता विशेषताले गर्दा गाडीले कम इन्धन खपत गर्ने कम्पनीको दाबी छ।

टाटा मोटर्सको कमर्सिएल भेहिकल बिजनेस युनिट अन्तर्गतको इन्टरनेसनल बिजनेस एण्ड स्ट्र्याटिजीका उपाध्यक्ष अनुराग मेर्होताले उत्कृष्ट कार्य क्षमता भएको अत्यन्त भरपर्दो उत्पादनमार्फत ग्राहकलाई सन्तुष्टि प्रदान गर्ने टाटाको विरासतलाई विङ्गरले प्रतिनिधित्व गर्ने बताए।

सिप्रदीका कार्यकारी अध्यक्ष सिद्धार्थ शमशेर राणाले नेपालकै एक प्रतिष्ठित ब्राण्डको रूपमा सदैव आफ्नो ग्राहकहरूलाई अन्तर्राष्ट्रियस्तरको उत्पादन एवं समुच्च कोटीको ग्राहक सेवाहरू प्रदान गरिरहेको बताए। 

प्रकाशित: ४ श्रावण २०७९ ०४:०७ बुधबार

टाटा विङ्गर बिएस ६ सार्वजनिक टाटा मोटर्सको कमर्सिएल भेहिकल बिजनेस युनिट