अर्थ

सिद्धार्थ बैंकको श्रीवृद्धि मुद्दती खातामा १० गुणासम्म प्रतिफल

सिद्धार्थ बैंकले आफ्ना ग्राहकहरूको आवश्यकता र मागहरूलाई ध्यानमा राखेर निक्षेप रकमको १० गुणासम्म प्रतिफल प्राप्त हुने ‘सिद्धार्थ श्रीवृद्धि मुद्दती खाता’ सञ्चालनमा ल्याएको छ। व्यक्तिगत, संस्थागत एवं रेमिन्ट्यान्स ग्राहकहरूलाई लक्षित गरी ल्याइएको मुद्दती खातामा न्यूनतम १० हजार जम्मा गरी खाता खोल्न सकिने छ।

मुद्दती खातामा ग्राहकहरूले बैंकद्वारा तोकिएको समयावधिपश्चात् आफ्नो साँवा रकमको २ गुणादेखि १० गुणासम्मको प्रतिफल प्राप्त गर्ने बैंकले जनाएको छ।

यसका अतिरिक्त, ग्राहकहरूले साँवा रकमको ९० प्रतिशतसम्मको कर्जा सुविधा पाउनुका साथै १०० प्रतिशतसम्मको क्रेडिटकार्ड सुविधा समेत प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

प्रकाशित: ४ श्रावण २०७९ ०३:०० बुधबार

सिद्धार्थ बैंक मुद्दती खातामा १० गुणासम्म प्रतिफल