अर्थ

शिवम् नेपालकै सर्वाधिक बिक्री हुने ओपिसी सिमेन्ट बन्न सफल

शिवम् सिमेन्ट्सले ११ करोड बोरा सिमेन्ट बिक्री गर्दै नेपालभरि सर्वाधिक बिक्री हुने ओपिसि सिमेन्ट बन्न सफल भएको छ।

शिवम् सिमेन्टले स्थापनाकालदेखि नै आफ्नै चुनढुङ्गा खानीबाट उत्खनन् गरिएकोे चुनढुङ्गाबाट ओपिसी सिमेन्ट मात्र उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको छ।

व्यक्तिगत, व्यावसायिक तथा राष्ट्रिय गौरवका विभिन्न आयोजनाहरूका संरचना निर्माणमा शिवम् सिमेन्टले विगत लामो समयदेखि महत्वपूर्ण भूमिका खेलेको जनाएको छ। यस सफलताको सम्पूर्ण श्रेय ग्राहकवर्ग एवम् वितरकहरूलाई प्रदान गर्दै गुणस्तरद्वारा जोडिएको आपसी अटुट सम्बन्धलाई अझै प्रगाढ अनि विस्तार गर्दै आगामी दिनमा निरन्तर गुणस्तरीय उत्पादनमार्फत सम्बन्धलाई थप उचाइतर्फ लैजाने प्रतिबद्धता समेत कम्पनीले गरेको छ।

प्रकाशित: ४ श्रावण २०७९ ०२:४६ बुधबार

शिवम् सिमेन्ट्स सर्वाधिक बिक्री हुने ओपिसि सिमेन्ट