अर्थ

‘नेपाल श्रम आप्रवासन अनुसन्धान अध्ययन– २०२२’ सार्वजनिक

ब्लिट्ज मिडियाले ह्युम्यानिटी युनाइटेडसँगको साझेदारीमा ‘नेपाल श्रम आप्रवासन अनुसन्धान अध्ययन– २०२२’ सार्वजनिक गरेको छ। सरकारी प्रतिनिधि, दूतावासका प्रतिनिधिहरू, आइएनजीओ तथा विज्ञहरू लगायतका बीचमा उक्त अनुसन्धान अध्ययन सार्वजनिक गरेको हो।

कार्यक्रममा ह्युमनिटी युनाइटेडका बरिष्ठ प्रबन्धक महेन्द्र पाण्डेले उक्त अनुसन्धान सरकार वा अन्य संस्थाको भन्दा पनि व्यक्तिको तथ्यांक र कथामा आधारित भएको र अनुसन्धानले श्रम आप्रवासनलाई फरक कोणबाट हेर्न मदत गर्ने बताए।  

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रतिनिधित्व गर्दै दीपक काफ्लेले नेपालका श्रम आप्रवासीहरूका लागि मन्त्रालयले गरेको प्रयासलाई औंल्याउँदै यस किसिमको अनुसन्धानको आवश्यकता रहेको बताए। यस्तै आप्रवासी मुद्दाहरूमा पीएचडी गर्ने पहिलो व्यक्ति डा. गणेश गुरुङले नेपालको आर्थिक विपत्तिबाट बच्न श्रमिक आप्रवासीहरूलाई सच्चा नायक भएको बताउँदै यस्ता प्रतिवेदनले श्रम आप्रवासीहरूको विभिन्न चुनौतीहरूको सामना गर्ने जनाए।  

अनुसन्धानमा नेपाली आप्रावासी जनसंख्या र तिनका परिवारलाई असर गर्ने विभिन्न मुद्दाहरूमा तीनवटा विभिन्न अनुसन्धान शीर्षकहरू राखी खोजी गरेको छ।

प्रकाशित: ३ श्रावण २०७९ ०३:४३ मंगलबार

ब्लिट्ज मिडिया