नेपाल बैंकले नेपाली सेनाको सैनिक कल्याणकारी महानिर्देशनालय जङ्गी अड्डा भद्रकालीमा आफ्नो नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ।
नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र नेपाली सेनाका विग्रेडियर जनरल विजय थापाले संयुक्त रूपमा उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन गरेका हुन्।
बैंकले हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधि मार्फत सेवा सुविधा प्रदान गर्दै आएको जनाएको छ।
प्रकाशित: ३ श्रावण २०७९ ०३:३३ मंगलबार