अर्थ

सिभिल बैंकका ग्राहकलाई बिराट मेडिकल कलेजमा छुट

सिभिल बैंकका सम्पूर्ण ग्राहकहरूले विराटनगरस्थित मेडिकल कलेज टिचिङ हस्पिटलमा १० प्रतिशत छुट पाउने भएका छन्।

सिभिल बैंकका प्रदेश नं १ का प्रमुख राजेश ढकाल तथा हस्पिटलका तर्फबाट अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीले एक कार्यक्रमबीच सम्झौतामा हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार ग्राहकहरूले ओपिडी बेड चार्ज तथा अपरेसनमा लाग्ने शुल्कमा १० प्रतिशत छुट पाउने व्यवस्था छ। यसका साथै आगामी दिनहरूमा अन्य संघ संस्थाहरूसँग पनि यस्ता सम्झौताहरू गर्दै जाने विराटनगर शाखाका प्रबन्धक प्रशान्त कार्कीले बताएका छन्।

प्रकाशित: ३ श्रावण २०७९ ०३:०५ मंगलबार

सिभिल बैंक मेडिकल कलेज टिचिङ हस्पिटल