अर्थ

सुनको मूल्य चार सय रुपैयाँले बढ्यो

फाइल तस्बिर

नेपाली बजारमा सुनको मूल्य बढेको छ। आइबारको तुलनामा सोमबार चार सय रुपैयाँ बढेर सुन ९४ हजारमा कारोबार भइरहेको छ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलाको ९३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। तेजावी सुनको मूल्य ९३ हजार पाँच रुपैयाँमा कारोबार भइरहेको छ।  

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबारको तुलनामा प्रतितोला  पाँच रूपैयाँले बढेर  एक हजार १६५ तोकिएको महासंङले जनाएको छ। आइतबार चाँदी तोलामा १ हजार १६० मा कारोबार भएको थियो।

प्रकाशित: २ श्रावण २०७९ ०७:०० सोमबार

नेपाल सुनचाँदी व्यवसायी महासंघ