अर्थ

सनराइज बैंकले तरलता अभावको बिचमै भित्र्यायो वैदेशिक ऋण

सनराइज बैंकले नेपाल राष्ट्र बैंकको स्वीकृतिसँगै सिम्बायोटिक्स, एसए, जेनेभा स्विट्जरल्याण्डबाट ३ वर्षको लागि २ अर्ब ३७ करोड रुपैयाँ (अमेरिकी डलर १ करोड ८६ लाख) को वैदेशिक ऋण भित्र्याएको छ।

देशमा तरलता अभाव रहेको अवस्थामा वैदेशिक ऋण भित्र्याउँदा हालको अवस्थामा आर्थिक गतिविधिलाई प्रोत्साहन मिल्ने देखिन्छ। भित्र्याएको उक्त रकम बैंकले आफ्नो लघु र साना तथा मझौला उद्योगीहरुलाई ऋण विस्तार गर्नेका लागि प्रयोग गर्ने जनाएको छ।

उक्त ऋण रकमले बैंकको तरलता केही हदसम्म मजबुद पार्न मद्दत गर्ने बैंकको विश्वास छ। सिम्बायोटिक्स, एसए, लेसनराइज बैंकको वित्तीय सूचकाङ्क, बैंकमा विद्यमान व्यापार गर्ने शैली तथा तरिका, पारदर्शिताका साथै देशको विद्यमान आर्थिक सूचकाङ्कलाई समेत मध्यनजर गरी सो ऋण प्रदान गरेको हो।

प्रकाशित: ३० असार २०७९ १२:२५ बिहीबार

सनराइज बैंक