अर्थ

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको १७ औं वार्षिक सभा

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको १७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/०७८ को वासलात, नाफा नोक्सान हिसाब, लेखापरीक्षकको नियुक्ति, सञ्चालक समितिले सिफारिस गरेबमोजिम शेयर धनीहरूलाई कर प्रयोजनको लागि ०.५ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको जनाएको छ।

त्यस्तै विशेष प्रस्ताव अन्तर्गत कम्पनीको हालको अधिकृत पुँजी १ अर्ब २५ करोडबाट वृद्धि गरी ३ अर्ब रूपैयाँ कायम गर्ने, चुक्ता पुँजीको ९.५ प्रतिशतले खुद हुन आउने बोनस शेयर वितरण गर्ने, मर्जरसम्बन्धी काम गर्ने सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पारित गरेको कम्पनी सचिव देवेन्द्र कोइरालाले बताए। 

संस्थापक शेयर धनीहरूको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व हुने ४ सञ्चालक पदमा विश्वराज रेग्मी,  मनोहर दास,  अरूणराज श्रेष्ठ र उमेश रेग्मी निर्विरोध निर्वाचित भएको घोषणा निर्वाचन अधिकृतबाट भएको कोइरालाले जनाए।

प्रकाशित: ३० असार २०७९ ०४:३८ बिहीबार

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी १७ औं वार्षिक साधारण सभा सम्पन्न