अर्थ

बर्जर पेन्ट्सद्वारा बर्जर फेस्टिभ राईडका विजेता घोषणा

बर्जर पेन्ट्सले बर्जर फेस्टिभ राईडका विजेताहरूको घोषणा गरेको छ। ग्राहक योजनाअन्तर्गत नारायणघाटका अर्जुन भट्टले प्रथम बम्पर पुरस्कार यामाहाको एफजेड २५, जनकपुरका भरत शाहले दोस्रो पुरस्कार फासिनो १२५ तथा धनगढीका भीष्म ओझा र बुटवलका शिव भण्डारीले सामसुङ एस २१ मोवाईल प्राप्त गरेका छन्।

योजनामा सहभागी ग्राहकहरू ५४ जना विजेताहरूको घोषणा प्रत्यक्ष लक्की ड्रबाट गरिएको थियो। २०७८ सालको दशैं तिहारको अवसरमा सञ्चालन गरिएको यस योजनाअन्तर्गत ग्राहकहरूले चयन गरिएका थिए।

यसैगरी लक्की ड्रमार्फत् ५० जना विजेताहरूले तेस्रो पुरस्कारअन्तर्गत सामसुङ एम ०२ एस मोबाइल जितेका थिए। डिजिटल कन्टेस्टअन्तर्गत प्रथम पुरस्कार १ लाख रूपैयाँ केदार बजगाईंले पाएका छन् भने दोस्रो पुरस्कार अन्तर्गत दुई जनाले ५० हजार, तेस्रो पुरस्कारमा ५ जनाले ५ हजार र २० जनाले रु. १० हजार सान्त्वना पुरस्कार प्राप्त गरेका थिए। त्यसैैगरी सुरेश दाहालले पब्लिक च्वाइस अवार्डअन्तर्गत २५ हजार जितेका छन्। 

प्रकाशित: ३० असार २०७९ ०३:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App