अर्थ

सार्वजनिक सवारी साधनको भाडा फेरि बढ्यो

सरकारले सार्वजनिक सवारी साधनको भाडा फेरि बढाएको छ। असार २७ गतेदेखि लागु हुने गरी सरकारले सार्वजनिक सवारी साधनको भाडा बढाएको हो।

इन्धनको बजार मूल्य बढेकाले सार्वजनिक सवारी साधनको भाडा पनि बढाएको यातायात व्यवस्था विभागले जनाएको छ।  

विभागले यात्रुवाहक सवारी साधनमा १.७९ प्रतिशतले भाडा बढाइएको छ। त्यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनमा २.३४ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनमा २.६ प्रतिशतले भाडा बढाइएको विभागले जारी गरेको सूचनामा उल्लेख छ।

यसअघि यातायात विभागले गत चैत १२ गते यातायातको भाडा बढाएको थियो।

भाडा सूची हेर्न यस लिंकमा क्लिक गर्नुहाेस्ः

प्रकाशित: २८ असार २०७९ ०४:१९ मंगलबार

सार्वजनिक सवारी साधन