अर्थ

कामना बैंकद्वारा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालन

कामना सेवा विकास बैंकले देशका विभिन्न स्थानमा सेवा पुर्‍याउने उद्देश्यका साथ मोबाइल एपमार्फत शाखारहित बैंकिङ सेवाको सुरु गरेको छ।  

बैंकले सेवा विस्तार गर्ने क्रममा मोरङ जिल्लाको केराबारी गाउँपालिका वडा १० को थापाटार, सुन्दर हरैंचा नगरपालिका वडा १२ शुक्रबारे र झापा जिल्लाको बुद्ध शान्ति गाउँपालिका १ को नमुना चोकमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो।  

मोरङ जिल्लाको केराबारी गाउँपालिका थापाटार स्थित केराबारी भ्यु होटल एण्ड बारका धनबहादुर लिम्बु, सुन्दर हरैंचा नगरपालिका शुक्रबारे स्थित आरजु कस्मेटिक एण्ड रेडिमेडका राजन भगत र झापा जिल्लाको बुद्ध शान्ति गाउँपालिका नमुनाचोक स्थत बबि सप्लायर्सका नन्दकुमार याफु राईलाई शाखारहित बैंकिङ सेवा सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको बैंकले जनाएको छ।

बेंकले शाखारहित बैंकिरू मार्फत खाता खोल्ने, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरू प्रदान गर्ने जनाएको छ। यो सेवाबाट ग्रामीण तथा बैंकिङ पहुँच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ। 

प्रकाशित: २८ असार २०७९ ०२:१० मंगलबार

कामना सेवा विकास बैंक