अर्थ

निर्यातको आधार बनाउन नसके सरकारले उच्च व्यापार घाटा व्यर्होर्नुपर्छ: डा.खतिवडा

पूर्व अर्थमन्त्री डा.युवराज खतिवडाले उच्च आर्थिक वृद्धि गर्ने लक्ष्य राख्ने तर निर्यात हुने वस्तुहरुको कच्चा पदार्थ र प्रविधिलाई आयात गरेर निर्यातको आधार बनाउन नसके सरकारले उच्च व्यापार घाटा व्यर्होर्नु पर्ने बताएका छन्।

सोमबार अनेरास्ववियु केन्द्रिय कमिटीद्वारा आयोजित ‘नेपालको अर्थतन्त्रको अवस्था, अन्तर्रास्ट्रिय प्रभाव र यसको समाधान’ विषयक अन्तरक्रिया कार्यक्रमा बोल्दै पूर्वअर्थमन्त्री खतिवडाले यस्तो बताएका हुन्। उनले नेपालमा उत्पादनको लागि वस्तु आयात गर्ने तर निर्यात गर्ने नगर्ने अवस्था नभएकाले उच्च व्यापार घाटा बढ्दै गएको बताए। पूर्वअर्थमन्त्री डा.खतिवडाले सेवा,रेमिट्यान्स,उच्च कर्जा प्रवाह,प्रत्येक्ष विदेशी लगानीलाइ व्यवस्थित गर्न नसके व्यापार घाटा  र विदेशी मुद्रा सञ्चिति घट्दै जाने बताए। 

उनले अर्थतन्त्रमा संरचनागत समस्या रहेको भन्दै समाधान गर्न समय लाग्ने बताए। डा. खतिवडाले अर्थतन्त्रका सूचकहरु चुनौतीपूर्ण रहेको अवस्थामा अब आउने अर्थमन्त्रीले पनि उच्च आर्थिक वृद्धिदर गर्ने लक्ष्य राख्न खोज्यो भने व्यापार घाटाको समस्या कामय रहने बताए। उनले नेपालको अर्थतन्त्रका सूचक भारतसँग तुलना गरेर हेर्नुपर्ने बताए। भारतसँग खुल्ला सीमाना खुल्ला आर्थिक कारोबार भएको भन्दै भारतसँग नेपालका आर्थिक सम्बन्धहरु जटिल बन्दै गएको डा.खतिवडाले बताए। उनले विगतमा भारतसँग भएका आर्थिक सन्धि सम्झौताहरुमा पुनारावलोकन गर्नुपर्ने आवश्यकता भएको बताए।  

डा. खतिवडाले अर्थतन्त्रमा समस्या भएपनि दक्षिण एशियामा तुलनात्मक रुपमा नेपालको अर्थतन्त्रका सूचकहरु सकारात्मक रहेको दाबी गरे।

प्रकाशित: २७ असार २०७९ १५:१२ सोमबार