अर्थ

गहुँको बीउ उत्पादन गरेका किसानलाई अनुदान रकम प्रदान

कृषि ज्ञान केन्द्र चितवनले गहुँको बीउ उत्पादन गरेका किसानलाई अनुदान रकम प्रदान गरेको छ। भरतपुर महानगरपालिका १४ पटिहानीमा रहेको उन्नत वीज वृद्धि कृषक समुहमा आवद्ध ४ सय२८ जना किसानलाई अनुदान रकम वितरण गरेको हो। 

कृषि ज्ञान केन्द्र चितवनका प्रमुख युवराज पाण्डेका अनुसार, गहुँको बीउ उत्पादन गर्ने किसानलाई अनुदान स्वरुप २२ लाख ९ हजार ६२३ रुपैयाँ प्रदान गरिएको हो। प्रतिकेजि ५ रुपैयाँका रुपैयाँ दरले अनुदान रकम विरतण गरिएको हो। त्यहाँका किसानले यस बर्ष ४२५ मेक्ट्रिक टन गहुँको बीउ उत्पादन गरेका थिए। ए

क जना किसानले १० हजार देखि ४० हजार रुपैयाँसम्म अनुदान रकम पाएको उन्नत वीज वृद्धि कृषक समूहका अध्यक्ष उमानाथ पौडेलले जानकारी दिए। संस्थाले धानमा पनि प्रत्येक वर्ष ५ लाख रुपैयाँ अनुदान दिँदै आएको छ। उन्नत जातको बीउ उत्पादन गरेर गहुँको उत्पादकत्व वृद्धि गर्ने लक्ष्य प्रदेश सरकारको थियो। चितवनमा यस आर्थिक वर्ष गहुँको बीउका लागि ४२ लाख रुपैयाँ अनुदान रकम आएको कृषि ज्ञान केन्द्रका योजना शाखाका अधिकृत उमराज अर्यालले जानकारी दिए। 

यस वर्ष तीन वटा संस्थाले गहुँमा अनुदान पाएका छन्। कार्यक्रममा बोल्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले दुध किसानलाई जस्तै उन्नत बीउ उत्पादन गर्ने किसानलाई पनि प्रोत्साहन गर्ने खालका कार्यक्रम बताईन्। उनले पश्चिम चितवनमा सिँचाइको सुविधा पुगेकाले बीउ उत्पादनमा किसानहरुले जोड दिनुपर्ने धारणा राखिन्।

प्रकाशित: २७ असार २०७९ १४:२० सोमबार