अर्थ

रूपन्देहीका इटा उद्योग बन्द हुने अवस्थामा

रूपन्देहीका इटा उद्योग बन्द हुने अवस्थामा पुगेका छन्। इटाको माग घट्नाका साथै इटा उत्पादनमा आवश्यक पर्ने कोइलामा भएको मूल्यवृद्धिका कारण इटा उद्योग बन्द हुने अवस्थामा पुगेका हुन्।

गत वर्ष २५ हजार रूपैयाँ प्रतिमेट्रिक टन खरिद गरिएको कोइलाको लागत एकाएक ४५ हजार प्रतिमेट्रिक टन पुगेको र महँगो लागतमा इटा उत्पादन गरिएकामा सोचे अनुसार माग नभएपछि जिल्लामा सञ्चालित ४८ वटा इटा उद्योग बन्द हुने अवस्थामा पुगेको लुम्बिनी इटा उद्योग व्यवसायी सङ्घका महासचिव अजयकुमार गुप्ताले बताए।

उनले प्राकृतिक प्रकोप, बेमौसमी वर्षात्का साथै भर्खरै सम्पन्न भएको स्थानीय तहको चुनावले इटा उद्योगलाई असर पारेको जानकारी दिए। महासचिव गुप्ताले भने- ‘इटा उद्योगमा ६० प्रतिशत कोइलामा मात्र खर्च हुने गर्छ। नेपाली इटा व्यवसायीले गुणस्तरहीन कोइला पनि चर्को मूल्यमा खरिद गर्नुपर्ने हुँदा आउने एक याम पछि इटा उद्योग बन्द गर्ने मनसायमा इटा उद्योगी पुगेका हुन्।’ रासस

प्रकाशित: २६ असार २०७९ ०३:३१ आइतबार

बेमौसमी वर्षा रूपन्देहीका इटा उद्योग बन्द हुने अवस्था