अर्थ

दराजको पहिलो वार्षिक दराज समिट सम्पन्न

दराज नेपालको अग्रणी अनलाइन बजारले आफ्नो पहिलो वार्षिक दराज समिट सम्मेलन सम्पन्न गरेको छ।

कार्यक्रममा आआफ्नो क्षेत्रका विज्ञहरूसहित तीन फरक प्यानलहरू रहेका थिए भने प्रमुख वक्तामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. गणेशप्रसाद पाण्डेय र एमओसी आईटीका सचिव डा. वैकुण्ठ अर्याल, विशेष अतिथि राष्ट्रिय योजना आयोगका सदस्य सचिव केवलप्रसाद भण्डारी रहेका थिए।

दराज नेपालका प्रबन्ध निर्देशक आँचल कुँवरले दराज परिवर्तनको एक सक्रिय च्यानल हुन खोजेको बताउँदै कम्पनीले कमर्सको माध्यमबाट समुदायको उत्थान गरेर सांस्कृतिक प्रभाव पार्ने लक्ष्य राखेको जनाए। प्यानलमा ‘नेपालमा परम्परागत कमर्सबाट ई-कमर्ससम्म’, ‘ब्लेन्डिङ अफ द मार्केट प्लेस एण्ड कमर्स फर डिजिटल इकोनोमी’ र ‘अपलिफ्टिङ कम्युनिटी थ्रु द पावर अफ डिजिटल कमर्स इन नेपाल’ विषयहरू समेटिएका थिए।

छलफलमा सहभागी प्यानलमा गुरूप्रसाद पौडेल, राष्ट्र बैंकका अम्बिका श्रेष्ठ, द्वारिकाज होटलका ओमेशलाल श्रेष्ठ, उद्योग विभागका शंकर उप्रेती, हाम्रो पात्रोका आयुष लगायत रहेका थिए।

प्रकाशित: २६ असार २०७९ ०२:४४ आइतबार

दराज नेपाल अग्रणी अनलाइन बजार पहिलो वार्षिक दराज समिट सम्मेलन सम्पन्न