अर्थ

सनराइज बैंकद्वारा विपद् पीडित परिवार त्रिपाल हस्तान्तरण

सनराइज बैंक लिमिटेडले ताप्लेजुङका विपद् पीडित परिवार र सामाजिक कार्यमा प्रयोग हुने गरी २० थान ठूलो साइजको त्रिपाल जिल्ला समन्वय समितिलाइ हस्तान्तरण गरेको छ।  

सनराइज बैंकको ताप्लेजुङ फुङलिङस्थित शाखा प्रवन्धक अनिल श्रेष्ठले जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामालाई त्रिपाल हस्तान्तरण गरेका हुन्। सामाजिक उत्तरदायित्व अन्र्तगत विपद् पीडित परिवार र अत्यावश्यक सामाजिक कार्यमा प्रयोग गर्न मिल्ने प्रकृतिका त्रिपाल हस्तान्तरण गरिएको श्रेष्ठले जानकारी दिए।  

जिसस प्रमुख लामाले प्राप्त त्रिपाल समन्वय समितिको जिन्सी शाखामा आम्दानी बाँधेर राख्ने र बिपद्का समयमा जिल्ला विपद् व्यवस्थापन समिति र रेडक्रस सहितका सामाजिक निकायसंग समन्वय गरेर पीडित परिवारलाई वितरण गरिने बताए। सनराइज बैंक लिमिटेड नेपाल राष्ट्र बैंक ’क’ वर्गको इजाजत पत्र प्राप्त वाणिज्य बैंक हो।  

यस बैंकको स्थापना २०६४ भएको हो। सुरुमा ताप्लेजुङको मैवाखोला गाउँपालिकाको केन्द्र साँघुपाटीमा स्थापना भएको सनराइज बैंकको शाखा फुङलिङमा भने २०७६ साल पुस ९ गते स्थापना भएको हो।  

प्रकाशित: २५ असार २०७९ ०५:०३ शनिबार

सनराइज बैंक लिमिटेड