अर्थ

सुनको मूल्य १४ सय घट्यो

फाइल तस्बिर।

आज सुनको मूल्यमा गिरावट आएको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा १४ सय रुपयाँले घटेको छ ।

सुनको मूल्य घटेसँगै आज छापावाल सुन ९४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुनको मूल्य तोलामा १६ सय रुपैयाँले घटेर ९६ हजार रुपैयाँमा कारोबार भएको थियो।  

त्यस्तै आज तेजावी सुनको मूल्य ९४ हजार १ सय तोकिएको छ भने चाँदीको मूल्य ११ सय ८५ रुपैयाँ तोकिएको छ।

प्रकाशित: २३ असार २०७९ ०६:३५ बिहीबार

नेपाल सुन चाँदी व्यवसायी महासंघ