अर्थ

शिवम् होल्डिङ्स पब्लिक लिमिटेड कम्पनी कायम

शिवम् सिमेन्ट्सको सहायक कम्पनी शिवम् होल्डिङस कम्पनी ऐनको दफा ६३ बमोजिम कारोबार स्वीकृत गरी पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको हो।

हाल शिवम होल्डिङसको अधिकृत पूँजी ५ अर्ब ८० करोड र चुक्ता पूँजी ४ अर्व रहेको कम्पनीले जनाएको छ। शिवम् होल्डिङ्सले चिनियाँ विदेशी लगानी समेत रहेको होङ्सी शिवम् सिमेन्टको संस्थापक रही उक्त उद्योगमा ३० प्रतिशत शेयर लगानी गरेको जनाएको छ।

शिवम् होल्डिङ्स लिमिटेड कम्पनीले आफ्नो चुक्ता पूँजीको अधिकांश रकम होङ्सी शिवम् सिमेन्ट प्रालिको उद्योगमा संस्थापक शेयरवालाको हैसियतले शेयर लगानी गरिसकेको र मुनाफा भई प्रतिफल समेत प्राप्त गर्न शुरु भइसकेको जनाएको छ।

प्रकाशित: २३ असार २०७९ ०३:११ बिहीबार

शिवम् सिमेन्ट्स होङ्सी शिवम् सिमेन्ट प्रालि