अर्थ

सुनको मूल्य १६ सय रुपैयाँले घट्यो

नेपाली बजारमा सुनको मूल्य घटेको छ। मंगलबार ९७ हजार ६ सय रुपैयाँले कारोबार भएको छापावाला सुन आज १६ सयले घटेर ९६ हजार रुपैयाँमा कारोबार भइरहेको छ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य पनि घटेको छ। चाँदीको मूल्य ३० रुपैयाँले घटेर १ हजार १ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित: २२ असार २०७९ ०७:४५ बुधबार

। नेपाल सुनचाँदी व्यवसायी महासंघ