अर्थ

एनआईसीको मोबाइल बैंकिङ एप ओम्नी च्यानल एपमा स्तरोन्नति

एनआईसी बैंकले ओम्नी च्यानल प्रणालीमा आधारित मोबाइल बैंकिङ्गङ एपको शुरुआत गरेको छ। ‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरूप सम्पूर्ण बैंकिङ सेवा तथा सुविधाहरू क्रमिक रूपले डिजिटल माध्यमबाट प्रदान गर्ने उद्देश्यले बैंकले यस ओम्नी च्यानल एपको सुरुवात गरेको हो।

यस एपमार्फत जुनसुकै स्थानबाट, जुनसुकै समयमा स्मार्ट फोनबाटै अधिकतम बैंकिङ सेवाहरू उपभोग गर्न मिल्ने हिसाबले बैंकमा खाता भएका एवं नभएका ग्राहक महानुभावहरूलाई लक्षित गर्दै यो नयाँ सेवा शुभारम्भ गरेको हो। हालका एनआईसी बैंक मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले एपलाई अपडेट गरी ओम्नी च्यानल एपमा स्तरोन्नति गर्न सक्ने जनाउँदै नयाँ ग्राहकहरूले एप डाउनलोड गरी प्रयोग गर्न सक्ने बैंकले जनाएको छ।

‘सबथोक यसमै छ’ भन्ने नाराका साथ सुरु गरिएको ओम्नी च्यानल एपबाट ग्राहकहरूले अधिकतम बैंकिङ सेवाहरू सहज एवं सरल रूपमा उपभोग गर्न सक्ने बैकले जनाउएको छ। स्तरोन्नति पश्चात् एपबाट ग्राहकहरूले नगद तथा चेक जम्मा गर्न आवेदन दिनेदेखि नयाँ डेबिट कार्ड तथा प्रिपेड डलर कार्ड अनुरोध, मुद्दती खाता खोल्न, चेक अनुरोध, ई–कमर्स सुचारु, स्किम ट्रान्सफर, लकर सुविधा लगायतका सेवाहरू प्राप्त गर्ने बैंकले जनाएको छ।

प्रकाशित: २१ असार २०७९ ०६:२५ मंगलबार