अर्थ

एभरेष्ट बैंकद्वारा ललितपुरमा एक्सटेन्सन काउन्टर उद्घाटन

एभरेष्ट बैंकले ललितपुरस्थित मंगलबजारमा आफ्नो नयाँ एक्सटेन्सन काउन्टर उद्घाटन गरेको छ।

ललितपुर वडा १६ का अध्यक्ष निर्मल रत्न शाक्य, ललितपुर चेम्बर अफ कर्मसका अध्यक्ष मनोजबहादुर न्याछोन र एभरेष्ट बैंकका सञ्चालक उर्मिला श्रेष्ठले संयुक्त रूपमा उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन गरेका हुन्।

उद्घाटन समारोहमा एभरेष्ट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजयकुमार गौतम, बंैकका बाग्मती प्रदेशका प्रादेशिक–प्रबन्धक सन्तोषकुमार भट्टराई, बैंकका बजार विभाग प्रमुख पुष्पराज उप्रेती, स्थानीय व्यावसायी अजरमान जोशीलगायतको उपस्थिति रहेको थियो।

प्रकाशित: २१ असार २०७९ ०६:१० मंगलबार