अर्थ

आइएमई इन्स्योरेन्स र ग्यालेक्सी क्लिनीकबीच सम्झौता

आइएमई इन्स्योरेन्स लिमिटेड र ग्यालेक्सी स्पेस्यालिटी क्लिनीकबीच सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ। इन्स्योरेन्सका नायव प्रमुख कार्यकारीअधिकृत शरण रेग्मी र ग्यालेक्सी क्लिनिकका प्रबन्ध निर्देशक शिवराज केसीले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

सम्झौतापश्चात् आइएमई इन्स्योरेन्स लिमिटेडका कर्मचारी, शेयर धनी तथा ग्राहकहरूलाई क्लिनिकमा एक्सरे, युएसजी, इसिजी, इको लगायतका सेवामा १० प्रतिशत र ओपिडी सेवामा २५ प्रतिशत सम्मको छुट सुविधा हुने बैंकले जनाएको छ।

साथै आइएमई इन्स्योरेन्सका नायव प्रमुख कार्यकारीअधिकृत रेग्मीले क्लिनकसँग आवद्ध लगानीकर्ता, कर्मचारी तथा ग्राहकहरूलाई आवश्यक पर्ने निर्जीवन बीमासम्बन्धी सम्पूर्ण सेवाहरू आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट सहज रूपमा प्राप्त गर्न सक्ने जानकारी गराए।

प्रकाशित: २० असार २०७९ ०२:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App