अर्थ

डिबेञ्चर ऋणपत्र सूचीकरण गर्ने सम्बन्धी सम्झौता

सेञ्चुरी कमर्सियल बैंक र नेपाल स्टक एक्सचेञ्ज लिमिटेड बीच १० वर्ष अवधि तथा वार्षिक १०.५० प्रतिशत व्याजदर भएको ‘सेञ्चुरी डिबेञ्चर २०८८’ डिबेञ्चर ऋणपत्र सूचीकरण गर्ने सम्बन्धी सम्झौता भएको छ।

सेञ्चुरी कमर्सियल बैंकले सर्वसाधारण समक्ष धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटलमार्फत उक्त ऋणपत्र सर्वसाधारणको लागि बिक्री आह्वान गरेको थियो।

सर्वसाधारणमा वितरण गरिएको २२ लाख थान ऋणपत्र वितरण भई धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम उक्त ऋणपत्र स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकरण गरिएको बैंकले जनाएको छ। 

प्रकाशित: १७ असार २०७९ ०६:३८ शुक्रबार

सेञ्चुरी डिबेञ्चर २०८८ सेञ्चुरी कमर्सियल बैंक