अर्थ

सिटिजन्स बैंक र होटल हिमालयन भिल्लाबीच समझदारी

सिटिजन्स बैंक र नगरकोटस्थित होटल हिमालयन भिल्लाबीच सिटिजन्स बैंकका कार्डवाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ। सो समझदारी पश्चात् सिटिजन्स बैंकका कार्डवाहकहरूले होटल हिमालयन भिल्लाका विभिन्न सेवासुविधाहरूमा ५० प्रतिशतसम्म छुट पाउने भएको बैंकले जनाएको छ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने विश्वास बैंकले लिएको छ।बैंकले हालसम्म कार्ड नभएका आफ्ना ग्राहकहरूलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स इन्स्ट्यान्ट कार्डको व्यवस्था समेत गरेको छ भने कार्डवाहकहरूको सुविधालाई ध्यानमा राखी नेपालभित्रका जुनसुकै बैंकको एटिएमबाट पैसा निकाल्दा शुल्क नलाग्ने व्यवस्था पनि बैंकले विभिन्न बचत खातामा गरेको जनाएको छ। 

प्रकाशित: १६ असार २०७९ ०२:५५ बिहीबार

सिटिजन्स बैंक कार्डवाहकहरूलाई विशेष छुट