अर्थ

एनएमबी बैंक र ट्रेकिङ एसोसिएसनबीच समझदारी

एनएमबी बैंक र ट्रेकिङ एसोसिएशन अफ नेपाल (टान) बीच डिजिटल सेवाहरूलाई प्राथमिकता दिनको लागि समझदारी भएको छ। बैंकको तर्फबाट प्रमुख व्यापार तथा रणनीति अधिकृत सुदेश उपाध्याय र टानको तर्फबाट अध्यक्ष खुबबहादुर सुबेदीले उक्त समझदारी पत्र हस्तानान्तरण गरेका थिए।

समझदारी पत्रमार्फत टानका सदस्यहरूले एनएमबी बैंकको डिजिटल सेवाहरू सजिलै उपभोग गर्न सक्नेछन् भने टानका सदस्यहरूले बैंकका डिजिटल सेवाहरू वी च्याट, पोस, क्युआर र पेमेन्ट गेटवे जस्ता सुविधाहरू प्राप्त गर्नेछन्। यी सेवाहरूले गर्दा टानका सदस्यहरूलाई व्यापार व्यवसायमा सहजीकरण हुने विश्वास बैंकले लिएको छ।

प्रकाशित: १६ असार २०७९ ०१:५२ बिहीबार

एनएमबी बैंक ट्रेकिङ एसोसिएशन अफ नेपाल (टान)