अर्थ

ज्योति बैंकको नयाँ शाखा टिकाथलीमा

ज्योति विकास बैंकले ललितपुरको टीकाथलीमा ११८ औं नयाँ शाखाको औपचारिक उद्घाटन गरेको छ। बैंकिङ पहुँच थप विस्तार गर्दै आफ्ना सेवाहरू सहज रूपमा ग्राहकमाझ पुर्‍याउने उद्देश्यले बैंकले नयाँ शाखा सञ्चालनमा ल्याएको हो।

नयाँ शाखाको उद्घाटन महालक्ष्मी नगरपालिकाका मेयर हरिगोविन्द श्रेष्ठ र  बैंकका अध्यक्ष हरिचन्द्र खड्काले संयुक्त रूपमा गरेका थिए। नयाँ शाखाले एटिएम सेवा पनि सञ्चालनमा ल्याएको बैंकले जनाएको छ।

बैंकले टीकाथली शाखाका ग्राहकहरूको निमित्त शून्य मैज्दातमा क्युआर कोड, निःशुल्क डलर  कार्ड जारी, निःशुल्क डिम्याट खाता, कर्जा सेवा शुल्कमा ०. २५ प्रतिशत लगायतका विभिन्न सुविधाहरू प्रदान गर्ने जनाएको छ।

प्रकाशित: १६ असार २०७९ ०१:१६ बिहीबार

ज्योति बैंक