अर्थ

सिटिजन्स बैंकको शाखारहित बैंकिङ्ग सेवा रुकुम चुनवाङमा

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पुर्‍याउने उद्देश्यका साथ शाखारहित बैंकिङ्ग सेवा विस्तार गरेको छ।

यसै क्रममा बैंकले रुकुम जिल्लाको भुमे गाउँपालिका –०९ चुनवाङ रुकुमपूर्व यही आषाढ १०, गतेबाट ९६ औँ शाखारहित बैंकिङ्ग सेवा प्रारम्भ गरेको छ। सो स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी भिमप्रसाद पुनलाई व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ।

यस शाखारहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ। यस सेवाबाट ग्रामिण क्षेत्रमा बैंक प्रति उल्लेखिय विश्वास एंव बैंकिङ्ग सभ्यताको विस्तार हुने अपेक्षा बैंकले लिएको छ।

यस प्रकारको सेवाबाट बैंकका ग्राहकहरुले सहज रुपमा सेवा प्राप्त गरी लाभान्वित हुने तथा डिजिटल बैंकिङ्ग सभ्यताको विकास हुने विश्वास बैंकले लिएको छ। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १७५ वटा शाखा, १२७ वटा एटिएम र ९६ वटा शाखारहित बैंकिङ्ग ईकाईहरुबाट करिब १४ लाख ग्राहकलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ।

प्रकाशित: १३ असार २०७९ ०८:४४ सोमबार

सिटिजन्स बैंक सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड रुकुम जिल्लाको भुमे गाउँपालिका शाखा