अर्थ

ज्योति बैंकको शाखा बेसीशहरमा

ज्योति विकास बैंकले लमजुङको बेंसी शहरमा नयाँ शाखा विस्तार गरेको छ। बेंसीसहर नगरपालिकाका मेयर गुमानसिंह अर्यालले र बैंकका सञ्चालका नरेशराज आचार्यले संयुक्त रूपमा बेसीशहर वडा नम्बर ८ लमजुङस्थित शाखाको उद्घाटन गरेका हुन्।

बैंकिङ पहुँच थप विस्तार गर्दै जनातामाझ पुर्‍याउने उद्देश्यका साथ नयाँ शाखा सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ। बैंकले बेंसीशहर शाखाका ग्राहकहरूको निमित्त शून्य मौज्दातमै क्युआरकोड, निःशुल्क इन्टरनेट बैंकिङ सेवा, निःशुल्क डलर कार्ड जारी र डि म्याट खाता, कर्जा सेवा शुल्कमा ०.२५ प्रतिशत छुट लगायतका सुविधा प्रदान गर्ने जनाएको छ। 

प्रकाशित: १३ असार २०७९ ००:५४ सोमबार

ज्योति बैंक शाखा बेसीशहरमा