अर्थ

मुक्तिनाथका ग्राहकलाई डेन्टल होममा विशेष छुट

मुक्तिनाथ विकास बैंकले आफ्नो भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरूलाई सेवा दिन ललितपुरको गोदावरीस्थित स्माइल मेर्कस डेन्टल होमको विभिन्न सेवाहरूमा २० प्रतिशतसम्म छुट प्रदान गर्ने सम्झौता गरेको छ।

सम्झौतापश्चात बैंकका भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरूले उक्त डेन्टल होममा दाँत सफा गर्ने, दाँत भर्ने र नक्कली दाँत हाल्नेमा विशेष छुट प्राप्त गर्ने जनाएको छ।

बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटिएमबाट निःशुल्क रकम झिक्न सकिने समेत व्यवस्था गरेको छ।

प्रकाशित: १२ असार २०७९ ०३:५८ आइतबार

मुक्तिनाथका ग्राहक डेन्टल होममा विशेष छुट