नेपाली कांग्रेसका नेता शेखर कोइरालाले तत्कालका लागि पेट्रोलियम पदार्थका कर हटाउन सरकारलाई सुझाव दिएका छन्।
जनतालाई महँगीको चपेटाबाट बचाउन र आर्थिक गतिविधि गतिशिल बनाईराख्न कर नलिन निर्णय गर्न उनले सुझाएका हुन्। यस्तो व्यवस्था अन्तर्राष्ट्रय बजारमा पेट्रोलियम पदार्थको मूल्य नघट्दासम्म कायम राख्नुपर्ने उनको भनाइ छ। उनले भन्सार र प्रज्ञापन शुल्क आधा मात्र लिन र बाँकी कर हटाउन भनेका हुन्।
प्रकाशित: १० असार २०७९ ०३:४५ शुक्रबार