अर्थ

देश ठूलो आर्थिक शंकटबाट गुज्रिरहेको छ: शेखर गोल्छा

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मुलुक अहिले ठूलो आर्थिक शंकटमा गुज्रिरहेको बताएका छन्। उनले लामो समयदेखि बजारमा तरलताको अभाव हुँदा व्यापार व्यवसाय मन्दितर्फ जान लागेको बताए।

अध्यक्ष गोल्छाले अर्थतन्त्रको ऐनाको रुपमा रहेको शेयर बजार गम्भिर स्थितिमा पुगेको बताए। उनले ५० लाख शेयर लगानीकर्ता ठूलो शंकटको घडीमा पुगेको दाबी गरे। वाह्य कारणले बजारमा १८ प्रतिशत बढी मूल्यवृद्धि भएको र आगामी दिन अझ बढ्दै जाने अवस्था रहेको उनको भनाई छ। अध्यक्ष गोल्छाले विदेशबाट आयात गरेर मात्रै अर्थतन्त्र चलाएकाले तरलता अभाव भएर एक वर्षमा १०० प्रतिशतले बैंकको ब्याज बढेको गुनासो गरे।

उनले अब पनि सरकार पक्षबाट केही नगर्ने हो भने अझ बढी गम्भिर स्थितिमा पुग्ने बताए। अध्यक्ष गोल्छाले खोजौं नेपाली,रोजौं नेपालीको नारा सान्दर्भिक भएता पनि राष्ट्रियताको आधारमा मात्रै उद्योग व्यवसाय गर्न नसकिने बताए। उनले सरकारलेसाना र मझौला उद्योगका समस्या समाधान नगरेसम्म यो नारा नारामा नै सिमित रहने जिकिर गरे। अध्यक्ष गोल्छाले साना र मझौला व्यवसायीहरुको लागि बैंकबाट कर्जा लिन बैंकहरुले ठूलो धितो माग गर्ने भएकाले नयाँ उद्यमीहरुको विकास हुन नसकेको दाबी गरे।

उनले भने,‘सबै उद्योगी व्यवसायीहरुलाई थाहा छ। हाम्रो देश ठूलो आर्थिक शंकटबाट गुज्रिरहेको छ। विगत लामो समयदेखि बजारमा लगानीयोग्य रकम तरलताको समस्याले गर्दा सबै व्यापार व्यवसाय मन्दीतर्फ गएको छ। त्यस्तै शेयर मार्केट पनि हर्ने हो भने ठूला गम्भिर स्थितिमा रहेको छ। ५० लाख डिम्याट खाता होल्डर लगानीकर्ताहरु ठूलो शंकटको घडीमा गुज्रिरहेका छन्। अहिले वाह्य कारणले मूल्यवृद्धि बढेर गएको छ। १८ प्रतिशतको मूल्यवृद्धि भएको छ। बजारको मूल्यवृद्धि अझै बढ्ने सम्भावना देखिएको छ। यस्तो समयमा आफ्नै देशको उत्पादनलाई प्रयोग गर्ने नारा आएको छ। त्यो सान्र्दभिक छ। हामीले वाह्य आयातबाट मात्रै अर्थतन्त्र चलायौं। रेमिट्यान्सबाट आएको स्रोतलाई आयातमा मात्रै खर्च ग¥यौं। उत्पादनमा खर्च गर्न सकेनौं। त्यसले तरलताको समस्या भइरह्यो। तरलता अभावको कारणले बैंकको ब्याजदर एक वर्षमा नै १०० प्रतिशतले बढ्ने अवस्था आयो। अहिले व्यापार व्यवसाय गर्नको लागि बैंकहरुले कर्जा दिनको लागि छोडेका छन्। हामी गम्भिर स्थितिमा छौं। केही न केही हामीले नगर्ने हो भने अझ बढी गम्भिर स्थितिमा पुग्नेछौं। खोजौं नेपाली,रोजौं नेपालीको कुरा छ। यो सान्दर्भिक नारा भएतापनि हामी राष्ट्रियताको आधारमा मात्रै उद्योग व्यवसाय गर्न सक्दैनौं। सरकारले जबसम्म साना र मझौला उद्योगका समस्या समाधान गर्न सक्दैन तबसम्म यो नारा नारामा मात्रै सिमित रहन्छ। साना र मझौला उद्योगीहरु अर्थतन्त्रका मेरुदण्ड हुन्। हामी साच्चि नै समृद्धिको सपना देख्न चाहन्छौं भने साना र मझौला उद्योगलाई सुदृढ बनाउनै पर्छ। साना र मझौला व्यवसायीहरुको लागि बैंकबाट कर्जा लिन समस्या रहेको छ। बैंकहरुले कर्जा दिनको लागि ठूलो धितो माग गर्ने गरेका छन्। त्यसले गर्दा नयाँ उद्यमीहरुको विकास हुन सकेको छैन।’

प्रकाशित: ९ असार २०७९ १२:४० बिहीबार