कुमारी बैंकले भिसा ईन्टरनेश्नलसँगको सहकार्यमा आफ्ना ग्राहकका निम्ति विश्वको जुनसुकै देशबाट पठाइएको रकम तुरुन्तै भिसा डेबिट/क्रेडिट एवं प्रिपेड कार्डमा प्राप्त गर्न सक्ने सुविधा ल्याएको छ।
विदेशमा रहेका जो कसैले पनि आफ्नो मोबाइल/इन्टरनेट बैंकिङ वा भिसा कार्ड तथा रेमिट्यान्स कम्पनीहरू मार्फत बैंकको डेबिट/क्रेडिट एवं प्रिपेड भिसा कार्डमा रकम सहजै पठाउन सक्ने बैंकले बताएको छ।
विदेशबाट भिसा डाइरेक्टमार्फत रकम पठाउँदा सिधै आफ्नो भिसा कार्डमा जम्मा हुने यो भरपर्दो र सहज माध्यम भएको बैंकका डिजिटल बैंकिङ प्रमुख अनिष ताम्राकारले बताए।
विदेशमा रहेर पनि आफ्ना परिवार तथाआफन्तहरूलाई तुरुन्त पैसा पठाउने ग्राहकहरूको चाहनालाई मध्यनजर गरी यो सेवा सुचारु गरिएको बैंकले जनाएको छ।
यस प्रणाली मार्फत गरिएका १५ हजार भन्दा बढीको भिसा डाइरेक्ट कारोबारमा प्राप्त गर्नेलाई थप प्रोत्साहन रकम ५०० रूपैयाँ प्रदान गर्ने व्यवस्था गरिएको बैंकले जनाएको छ।
प्रकाशित: ९ असार २०७९ ०४:२२ बिहीबार