अर्थ

सानिमा बैंक र पाटन अस्पतालबीच आर्थिक सम्झौता नवीकरण

सानिमा बैंक र पाटन अस्पतालबीच न्यून आर्थिक अवस्था भएका महिलाहरूको उपचारका लागि गरेको सम्झौता नवीकरण गरिएको छ। बैंकले २०७५ सालदेखि उक्त सहयोगलाई निरन्तरता दिइरहेको छ।

सम्झौता पत्रमा सानिमा बैंकको तर्फबाट प्रमुख निक्षेप अधिकृत सरोज गुरागाईं र पाटन अस्पतालका तर्फबाट निर्देशक प्रा डा रवि शाक्यले हस्ताक्षर गरेका थिए।

सम्झौताअन्तर्गत बैंकले न्यून आयस्तर भएका महिलाहरूलाई प्रतिव्यक्ति २० हजार रूपैयाँसम्म उपचार सहयोग उपलब्ध गराउँदै आएकोमा सो सम्झौता पुनः नवीकरण गरेको हो।

बैंकले प्रत्येक ‘नारी बचत खाता’ बापत बैंकको तर्फबाट मासिक १ रूपैयाँको दरले नारी सामाजिक कोषमा रकम जम्मा गर्दै आएको छ। उक्त संकलित रकम नारी उत्थानका लागि खर्च गर्ने उद्देश्यले नै बैंकले पाटन अस्पतालसँग सम्झौता पुनः नवीकरण गर्दै आइरहेको जनाएको छ।

प्रकाशित: ९ असार २०७९ ०३:३८ बिहीबार

सानिमा बैंक पाटन अस्पताल आर्थिक सम्झौता नवीकरण