अर्थ

कालोपत्रे गर्न ठेक्का लाग्यो दोभान बहानन्दे र सुकेटार-काफ्लेपाटी खण्ड

फाइल तस्बिर।

२०८१ सालको पुस महिना भित्रमा निर्माण कार्य पूरा गर्ने सर्तमा दोभान-बहानन्दे सडक खण्ड कालोपत्रे हुनेगरी ठेक्का लागेको छ।

साढे ९ किलोमिटर दुरीको यो सडक खण्ड ३४ करोड रुपैयाँमा ओपेक्स कन्ट्रक्सन काठमाडौँले ठेक्का पारेको उत्तर-दक्षिण मूलघाट-दोभान-ओलाङचुङगोला सडक योजना कार्यालय ताप्लेजुङका प्रमुख डिभिजन ईञ्जिनियर अमेन्द्र खड्काले जानकारी दिए।

यो सडक खण्ड डबल लेनको हुने खड्काले बताए। यता साढे २ वर्ष भित्रमा निर्माण कार्य पूरा हुनेगरी सुकेटारदेखि पाथीभरा क्षेत्रको काफ्लेपाटीसम्मको १२ किलोमिटर दुरीको सडक कालोपत्रे गर्न ठेक्का लागेको समेत खड्काले बताए। कन्टेक प्रालिले ४२ करोडको लागतमा यो खण्ड ढलानसहितको पक्की गर्नेगरी जिम्मेवारी पाएको उनले जानकारी दिए।

प्रकाशित: ८ असार २०७९ ०८:०८ बुधबार

दोभान-बहानन्दे सडक खण्ड उत्तर-दक्षिण मूलघाट-दोभान-ओलाङचुङगोला सडक सडक योजना कार्यालय ताप्लेजुङ