अर्थ

अमेरिकन चेम्बर अफ कमर्सको प्रगति बैठक आयोजना

फाइल तस्बिर।

नेपालमा अवस्थित अमेरिकन चेम्बर अफ कमर्सले आफ्ना सदस्यहरूका लागि प्रगति बैठक आयोजना गरेको छ। बैठकमा अध्यक्ष अजित शाहले एमच्यामको औपचारिक स्थापनादेखि हालसम्मका उपलब्धिहरूबारे चर्चा गरिएको थियो।

चेम्बरमा हाल २८ सदस्यसहित तीन समितिहरू क्रियाशील छन्। बैठकमा समितिहरू निर्धारण गर्न एमच्यामले सदस्य र सम्भावित सदस्यहरू बीच सर्वेक्षण गरेको थियो। प्रतिक्रियाको आधारमा समितिहरूलाई वकालत र नीति, अर्थ र नेटवर्किङमा विभाजन गरिएको थियो।

समितिले विभिन्न समस्याहरूलाई सम्बोधन गर्न र अमेरिकी तथा नेपाली कम्पनीहरू बीचको सम्बन्धलाई सहज बनाउन काम गर्ने जनाएको छ। यसले स्थानीय कम्पनीहरूले अमेरिकी कम्पनीहरूसँग काम गर्दै आफ्नो व्यवसाय विस्तार गर्नुका साथै अमेरिकी कम्पनीहरूलाई नेपालमा लगानी गर्ने अवसरहरूबारे चेतना अभिवृद्धि गर्ने अध्यक्ष शाहले बताए।

प्रकाशित: ८ असार २०७९ ०४:२९ बुधबार

अमेरिकन चेम्बर अफ कमर्स प्रगति बैठक आयोजना