अर्थ

ध्वस्त बन्दै तौलिहवाको कृषि बैंकदेखि महिता जाने बाटो

कपिलवस्तुको तौलिहवाको कृषि बैंकदेखि महितासम्मको बाटो ध्वस्त बनेको छ। निर्माण कार्य बिचमै रोकिए पछि एक वर्ष बढीदेखि अलपत्र अवस्थामा रहेको सो बाटो ध्वस्त बनेको हो।

बाटोमा ठूला-ठूला खाल्टा खुल्टी छन्। सामान्य वर्षा हुँदा बाटामो पानी जम्छ। घाम लागेको बेला धुलोले गर्दा सो बाटो हिड्नै मुस्किल पर्छ। सो बाटोमा १२ देखि २० चक्केसम्म ट्रक र टिप्पर चल्ने गरकोले बाटो ध्वस्त बनेको छ।

कपिलवस्तुको तौलिहवास्थित जीर्ण एवं अलपत्र अवस्थामा रहेको कृषि बैकदेखि महितासम्मको बाटो तत्कालै निर्माण गर्नु पर्ने कपिलवस्तु नगरपालिका वडा नम्बर ३ का अध्यक्ष प्रकाश गैरेले माग गरेका छन्।

तौलिहवामा हुलाकी लगायत अन्य स्थानमा रहेका बाटो निर्माणको अन्तिम चरणमा पुगेका बेला कृषिदेखि महितासम्मको १४ सय मिटर लामो बाटो जीण बन्द यात्रुहरुलाई हिड्न निकै कठिनाई भएको भन्दै वडाध्यक्ष गैरले सो बाटो तत्कालै निर्माण गरिनुपर्ने माग गरेका हुन्।

सडकको दाया बाया गरी २० मिटर चौडा रहने सो बाटो जीर्ण हुँदा हिड्नै मुस्किल हुने उनले बताए। ‘बाटो निर्माण अलपत्र हुँदा सो सडकको ठाउँ-ठाउँमा ठूला-ठूला खाल्टा खुल्टी बनेको छन् दुर्घटना समते बढेको छ तर सम्बन्धित निकायले यसमा कुनै ध्यान दिएको छैन’ उनले भने ‘पटक पटक ध्यानाकर्षण गराउँदा समेत कुनै सुनुवाई भएको छैन’ उनले भने।

आन्दोलन र चक्काजाम नगरेसम्म बाटा निर्माण हुने कुनै छाट नदेखिएको उनले गुनासो गरे। त्यही बाटो अन्तरगत सडक छेउमा घर भएका तौलिहवा उद्योग वाणिज्य संघका अध्यक्ष गयादीन कुर्मीले अलपत्र बाटो निर्माणमा कसैले ध्यान नदिएको गुनासो गरे। ‘बाटो ध्यवस्त बनेको छ अलपत्र अवस्थामा त्यसै छाडिएको छ’ उनले भने। संघ प्रदेश र स्थानीय पालिकाले समेत सो बाटो निर्मााणमा चासो नदिएको उनले आरोप छ।

यस्तै संघीय आयोजना कर्यान्वय इकाई भैरहवाले सो सडक निर्माणका लागि सन्तोषी निर्माण कम्पनीलाई जिम्मा दिएको छ तर भेरिफिकेसन अर्डर स्वीकृत नहुँदा ठेकेदार कम्पनीले बिच मै सो बाटो निर्माण रोकेको छ। ठकेदार कम्पनीले नाला निर्माण गरीरहेको बेला नै भेरिफिकेशन अर्डर नआएको भन्दै काम एक वर्ष अघिदेखि राकेको छ।

२० मिटर चौडा सडकका सडको दायाँ बायाँ साढे सात साढे सात मिटरको अक्सफाल्ड कंक्रीड प्रविधिले पक्की सडक बन्ने योजना छ। बिचमा मेडियन र सडको दुवै किनमार नाला र फुटपात समेत रहने गरी सकड निर्माण योजना रहेको कपिलवस्तु नगरपालिकाका इञ्जिनियर राजेश सैनीले बताए।

कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेल आफूले सो सडक चाडै निर्माण गर्नका लागि सम्बन्धित निकायमा ध्यानकषर्ण गराएको बताए। उनले बजेट र भेरिभिकेशन अर्डर चौडै स्वीकृति हुने चरण्मा रहेको उनले बताए। ‘अब सो सडक निर्माण कार्य चाडै सुरु हुन्छ’ उनले भने।

सन्तोषी निर्माण कम्पनीमा इञ्जिनियर सुजन पन्तले आफूहरुले नाली निर्माण गर्ने क्रममा सो बाटोको भेरिफिकेशन अर्डर स्वीकृत नभएको कारण बिचमै काम बन्द गर्न बाध्य भएको बताए। उनले भेरिफिकेशन स्वीकृत नभएसम्म काम सुरु गर्न नसकिने उनले बताए।

प्रकाशित: ६ असार २०७९ ०७:०२ सोमबार

कपिलवस्तुको तौलिहवाको कृषि बैंक संघीय आयोजना कर्यान्वय इकाई भैरहवा कपिलवस्तु नगरपालिका